पूर्व गृहसचिव पदमप्रसाद पोखरेलको निधन

आइतबार, असार २८, २०८३

पूर्व गृहसचिव पदमप्रसाद पोखरेलको निधन भएको छ । उनको बबरमहलस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा ७८ वर्षको उमेरमा गएराति निधन भएको हो ।

उनका १ छोरा र ३ छोरी छन् । अष्ट्रेलियामा रहेका छोरा प्रदीप र छोरी रमिला काठमाडौं आइपुगेपछि अन्त्येष्टि गरिने भएको छ । जेठी छोरी प्रमिला प्रहरीका पूर्वआईजीपी सर्वेन्द्र खनालकी पत्नी हुन् भने माइली छोरी उर्मिला राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत छिन्। 

पोखरेल २०३२ असार ३० मा शाखा अधिकृत नियुक्त भएका हुन् । उनी २०५७ चैत १ मा सचिव पदबाट सेवा निवृत्त भएका थिए । पोखरेल २०५५ बैशाख १५ देखि २०५७ कार्तिक १ गतेसम्म गृह मन्त्रालयको सचिव भएका थिए। 

प्रकाशित मिति: आइतबार, असार २८, २०८३  १०:२४
प्रतिक्रिया दिनुहोस्