सोसल मिडिया
युनिकोड
रास्वपाका सांसद दीपक बोहराले गणेश नेपालीको आत्महत्या प्रकरणमा सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले घटनाको छानबिन गर्न माग गरे ।
‘सरकारको ध्यानाकर्षण गराउन चाहन्छु, गणेश नेपालीहरू किन आत्महत्या गर्न बाध्य भए ? त्यसको छानबिन गरियोस्,’ सांसद बोहराले भने, ‘प्रेम अचार्यको आत्महत्या पछि सरकारले के गर्यो ? आज गणेश नेपालीको आत्महत्यापछि सरकारले गर्नुपर्ने काम के हुन् ? सरकारले गर्नुपर्ने काम के हो ?’