नेप्सेका सीईओ चुडामणिले जागिरे चोला फेरे, घेराबन्दीमा कसरी परे ?

सोमबार, असार २२, २०८३

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईंले राजीनामा दिएका छन् । सीईओ चापागाईंले सोमबार अर्थ मन्त्रालयमा आफ्नो राजीनामा पेस गरेका हुन् ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको रास्वपा सरकारले यसअघिको राजनीतिक नियुक्ति खारेज गर्नेगरी अध्यादेशमार्फत कारबाही अगाडि बढाएपछि सीईओ चापागाईं पनि दबाबमा परेका थिए ।

बुक बिल्डिङ मार्फत् शेयर निष्कासनका लागि सीईओ चापागाईंको नेतृत्वमा चिया विकास निगमसँग सम्झौता गरेपछि सञ्चालक समितिमार्फत सीइओ चापागाईंलाई स्पष्टीकरण सोधिएको थियो । यी दबाबका बीच सीईओ चापागाईंले राजीनामा दिएको बुझिएको छ । 

प्रकाशित मिति: सोमबार, असार २२, २०८३  १४:१७
प्रतिक्रिया दिनुहोस्