मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध, तुइनखोलानजिक पहिरो

बुधबार, असार १७, २०८३

मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत तुइनखोलानजिक पहिरो खसेको छ । उक्त सडकखण्डमा बुधबार बिहान सुख्खा पहिरो खसेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । 

कार्यालयका अनुसार पहिरोका कारण सडक अवरुद्ध भएको छ । पहिरो सोर्ने काम जारी रहेको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, असार १७, २०८३  १०:५६
प्रतिक्रिया दिनुहोस्