सोसल मिडिया
युनिकोड
काठमाडौंको जडीबुटी क्षेत्रमा लुटपाटमा संलग्न एक व्यक्तिलाई प्रहरीले गोली चलाएर पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गोली चलाएर उनलाई शनिबार नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले जडीबुटीस्थित रोयल पार्टी प्यालेसनजिकै गोली प्रहार गरेर एकजना लुटेरालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ गर्न खोज्दा भाग्न खोजेपछि गोली चलाइएको थियो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा काठमाडौंको भद्रकाली घर भएका गणेश कार्की छन् । उनको बायाँ खुट्टामा गोली लागेको प्रहरीले जनाएकाे छ ।
उनीमाथि शनिबार दिउँसो चप्पल कारखानामा एक महिलाको सुनको सिक्री लुटेको आरोप छ । सो घटनामा संलग्न एक जनालाई प्रहरीले दिउँसो नै पक्राउ गरेको थियो ।