मदिरा तथा बियरमा लाग्ने अन्तःशुल्क वृद्धि, चुरोटमा बढ्यो कर 

शुक्रबार, जेठ १५, २०८३

सरकारले मदिरा र चुरोटको कर बढाएको छ। शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले कर बढाएको बताएका छन्। 

सरकारले चुरोटमा करिब १० प्रतिशतसम्म र मदिरा तथा बियरमा लाग्ने अन्तःशुल्क वृद्धि गरेको हो। 

अर्थमन्त्री डा. वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ देखि माइक्रो ब्रुअरीलाई समेत मदिरा उद्योगको रुपमा दर्ता गरेर अन्तःशुल्को दायरामा ल्याउने बताएका छन्। 

प्रकाशित मिति: शुक्रबार, जेठ १५, २०८३  १८:०१
प्रतिक्रिया दिनुहोस्