सोसल मिडिया
युनिकोड
तीन तहका सरकारमा कार्यरत कर्मचारीको संख्या ८५ हजारभन्दा माथि छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदमा पेस गरेको आर्थिक सर्वेक्षण २०८२/८३ मा सरकारी सेवामा कार्यरत कर्मचारीको संख्या ८५ हजार २४० रहेको देखिएको हो।
जसमा पुरुषको संख्या ५९ हजार ६८५ र महिलाको संख्या २५ हजार ५५५ रहेको छ। पछिल्लो समय सरकारी सेवामा महिला कर्मचारीको संख्या वृद्धि हुँदै गएको सर्वेक्षणमा उल्लेख छ।
आव २०६४/६५ मा निजामती सेवामा महिलाको संखया १२ प्रतिशत रहेकोमा २०८२ फागुसम्म निजामती किताबखानामा दर्ता भएका तीन तहका सरकारी निकायमा कार्यरत महिला कर्मचारीको संखया ३० प्रतिशत पुगेको छ।
नेपाल स्वास्थ्य सेवामा कार्यरत कर्मचारीमध्ये ५४.७ प्रतिशत महिला र ४५.३ प्रतिशत पुरुष कर्मचारी रहेका छन्। संवैधानिक पदाधिकारीतर्फ महिलाको सहभागिता १०.४ प्रतिशत छ।
२०८२ फागुनसम्म निजामती किताबखानामा दर्ता भएका कर्मचारीमध्ये संघमा कार्यरत कर्मचारी ४६.८ प्रतिशत, प्रदेशमा कार्यरत १६.२ प्रतिशत र स्थानीय तहमा कार्यरत ३७ प्रतिशत कर्मचारी छन्।