Dashain Banner
Dashain Banner

स्वास्थ्य बीमा बोर्डले बीमितलाई दिने औषधिमा गर्यो भारी कटौती

बुधबार, जेठ १३, २०८३

स्वास्थ्य बीमा बोर्डले बीमितलाई दिने औषधि कटौती गरेको छ। अहिलेसम्म २८९ किसिमका औषधि दिँदै आएको बोर्ड अब १७० किसिमका मात्रै औषधि दिने निर्णय गरेको हो। बोर्डले स्वास्थ्य उपचारका लागि ‘सुविधा थैली’ को दररेट परिवर्तन गरेको छ ।

स्वास्थ्य बीमा लागू भएपछि पहिलो पटक बोर्डले औषधि, औषधिजन्य सामग्री, स्वास्थ्य सेवा, शल्यक्रिया तथा प्रयोगशालको परीक्षणको सुविधा थैली दररेट परिवर्तन गरेको हो ।

बोर्डका कार्यकारी निर्देशक शकुन्तला प्रजापतिले सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई परिमार्जित नयाँ दरअनुसार औषधि, औषधिजन्य सामग्री, स्वास्थ्य सेवा, शल्यक्रिया तथा प्रयोगशालको परीक्षण शुल्क लिन निर्देशन दिएको बताइन् ।

नयाँ सुविधा थैलीको दररेठ यही जेठ १६ गतेदेखि लागू हुनेछ ।

बोर्डले १० वर्षदेखिको दाबी, सेवा उपभोगसम्बन्धी तथ्याङ्क विभिन्न स्वास्थ्य संस्थाबाट प्राप्त दररेट, चिकित्सकीय सान्दर्भिकता, लागत प्रभावकारिता रोगभार तथा स्वास्थ्य प्रणालीको वित्तीय दिगोपनलाई आधार बनाएर सुविधा थैली परिवर्तन गरिएको बताइन्।

सूचना अधिकारी विकेश मल्लले बोर्डमा पर्ने आर्थिक चाप घटाउनका लागि सुविधा थैलीको दररेट परिमार्जन गरको बताए।

प्रकाशित मिति: बुधबार, जेठ १३, २०८३  ११:२७
प्रतिक्रिया दिनुहोस्