नेपाल धितोपत्र बोर्डको अध्यक्षको मुकुट कसको भागमा पर्दैछ ? कहिले हुन्छ नियुक्ति ?

आइतबार, जेठ १०, २०८३

नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि चार जनाको नाम सिफारिस भएको छ । धितोपत्र बोर्डको अध्यक्ष छनोट तथा सिफारिस समितिले डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्दबहादुर क्षेत्री र डा. गोपालप्रसाद भट्टलाई अन्तिम चारमा समेटेर सिफारिश गरिएको छ। छनोटमा परेका यी चारै जना उम्मेदवारहरूलाई जेठ ८ गते अन्तर्वार्ता पनि दिई सकेका छन्। 

चार मध्येका तीन जनाको नाम मन्त्रिपरिषद्‌मा पुगेपछि एकजनाले नियुक्ति पाउने छन्। अब बस्ने मन्त्रिपरिषद्‌ बैठकले धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्नेछ। यसअघिका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले व्यक्तिगत कारण देखाई राजीनामा दिएसँगै बोर्डको नेतृत्व रिक्त रहन पुगेको थियो ।

अध्यक्षका लागि छनोट भएका ४ जनामध्येका भट्ट नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् । त्यस्तै छनोट भएका क्षेत्री पनि राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् । केही समय अघिमात्र अवकाश पाएका अधिकारी धितोपत्र बोर्डका पूर्व कार्यकारी निर्देशक हुन् । त्यसैगरी छनोट भएका आचार्य बोर्डका बहालवाला कार्यकारी निर्देशक हुन् । यी चार बाट छनौटमा परे मध्येका तीन भित्रका मुकुन्दलाई अध्यक्षको मुकुट पहिर्याउने चाँजोपाँजो उच्च तह बाटै मिलाईएको श्रोतको भनाई छ। 

प्रकाशित मिति: आइतबार, जेठ १०, २०८३  १०:४९
प्रतिक्रिया दिनुहोस्