कोशी सरकारले आजै वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्ने 

बिहीबार, जेठ ७, २०८३

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आफ्नो वार्षिक नीति तथा कार्यक्रम आज  सार्वजनिक गर्दैछ । बुधबारदेखि सुरु भएको प्रदेशसभाको बजेट अधिवेशनको दोस्रो बैठकमा सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो ।

प्रदेश प्रमुख पर्शुराम खापुङले दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा रहेको वर्तमान सरकारले यस पटकको नीति तथा कार्यक्रममा कृषि, पर्यटन, पूर्वाधार विकास र रोजगारी सिर्जनालाई मुख्य प्राथमिकतामा राखेर योजनाहरू तयार पारेको जनाएको छ ।

प्रादेशिक संवैधानिक व्यवस्था अनुसार, आज प्रस्तुत हुने नीति तथा कार्यक्रमकै मार्गदर्शन र आधारमा रहेर कोशी प्रदेश सरकारले आगामी असार १ गते आर्थिक वर्ष २०८३/८४ को पूर्ण वार्षिक बजेट ल्याउने तयारी गरेको छ । 
 

प्रकाशित मिति: बिहीबार, जेठ ७, २०८३  १०:१५
प्रतिक्रिया दिनुहोस्