Dashain Banner
Dashain Banner

प्रतिनिधिसभाको बैठकमा के-के हुँदैछ आज ? यस्तो छ कार्यसूची 

बिहीबार, जेठ ७, २०८३

आज पनि प्रतिनिधिसभाको बैठक बस्दै छ। बैठक बिहीबार बिहान ११ बजेदेखि सुरु हुने कार्यसूची छ।

आजको बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले विभिन्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

मन्त्री गौतमले प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने पस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

त्यसैगरी मतदाता नामावली (पहिलो संशोधन) विधेयक २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत हुनेछ। त्यसैगरी राष्ट्रिय सभा विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तु गर्ने कार्यसूची छ। 

त्यसैगरी अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पनि विभिन्न प्रस्तावहरु प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। 

प्रकाशित मिति: बिहीबार, जेठ ७, २०८३  ०९:५१
प्रतिक्रिया दिनुहोस्