Dashain Banner
Dashain Banner

चण्डिकाले त्यागेपछि तेल अड्डाको कामचलाउ हाकिम बने नागेन्द्र

मंगलबार, जेठ ५, २०८३

नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी नागेन्द्र साहले पाएका छन्। साह निगमको सबैभन्दा वरिष्ठ कर्मचारी हुन्।

यसअघिका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले वैशाख ३० मा राजीनामा दिएका थिए। 

सरकारले अघिल्लो सरकारको पालामा राजनीतिक नियुक्ति लिएका व्यक्तिलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न भनेपछि भट्टले राजीनामा दिएका थिए। 

निमित्तको जिम्मेवारी पाएको साह निगममा नायब कार्यकारी निर्देशक छन्। उनले अर्थ र कर्मचारी प्रशासन विभागको जिम्मेवारी सम्हाल्दै आएका थिए। 

वरिष्ठताका आधारमा साहलाई निगमको निमित्त कार्यकारी प्रमुख तोकिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: मंगलबार, जेठ ५, २०८३  १९:१०
प्रतिक्रिया दिनुहोस्