वैशाखमा मात्रै पाथीभरामा चढाईयो एक करोड छ लाख २८ हजार भेटी

शुक्रबार, जेठ १, २०८३

पाथीभरा देवीस्थानमा एक महिनामा रु एक करोड छ लाख २८ हजार भेटी सङ्कलन भएको छ ।

वैशाख महिनामा उक्त भेटी सङ्कलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

चैत र वैशाखमा पाथीभरामा अधिक भक्तजन आउने गरेका छन् । गत चैतमा रु ५८ लाख ५७ हजार ५०० र फागुनमा रु ३१ लाख १० हजार सङ्कलन भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, जेठ १, २०८३  १०:५८
प्रतिक्रिया दिनुहोस्