सोसल मिडिया
युनिकोड
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले यही वैशाख २९ गते प्रतिनिधिसभामा बोलेका दुई शब्द संसद्को रेडर्कबाट हटाइएको छ । बिहीबार सभामुख डीपी अर्यालले ती शब्दहरू हटाउन सचिवालयलाई निर्देशन दिएका हुन् ।
पराजुलीले बोलेका ‘भरौटो’ र ‘यहाँ कपडा लगाएर पनि नाङ्गै हिँडेका’ शब्द संसदीय रेकर्डबाट हटाइएको हो । यसअघि एमाले संसदीय दलका नेता रामबहादुर थापाले बोलेका कुरा पनि संसदीय रेकर्डबाट हटाइएको थियो ।
नयाँ संसद्को दोस्रो अधिवेशनकै क्रममा संसद्का वरष्ठि सदस्यहरूले नै असंसदीय शब्द बोल्ने क्रम देखिएको छ । एमाले संसदीय दलका नेता रामबहादुर थापा २०६४ यता संसद्मा छन् भने रास्वपाका पराजुली पनि दोस्रोपटक संसद्मा छन् । र उनीहरू पार्टीको महत्त्वपूर्ण जिम्मेवारीमा पनि छन् । तर, उनीहरूबाटै असंसदीय शब्द प्रयोग भएको निष्कर्षमा सभामुख पुगेका हुन् ।
बिहीबार बैठकमा सभामुख अर्यालले सम्बोधन गर्दा शब्द चयनप्रति ख्याल गर्नसमेत रुलिङ गरेका छन् ।