सोसल मिडिया
युनिकोड
आज प्रतिनिधिसभा अन्तर्गतका तीन समितिको बैठक बस्दै छ । आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति र राज्यव्यवस्था तथा सुशासन समितिको बैठक बस्न लागेको सङ्घीय संसद् सचिवालयले जानकारी दिएको छ ।
बिहान साढे ९ बजे कृषि समितिको बैठकमा नेपाल कृषि अनुसन्धान परिषद् द्वारा सञ्चालित अनुसन्धानात्मक कार्यक्रम, समस्या, चुनौती तथा परिषद्का आगामी कार्यदिशाका सम्बन्धमा प्रस्तुतीकरणको कार्यसूची रहेको छ ।
त्यस्तै बिहान १० बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा आदिवासी जनजाती आयोगको कामकारवाही सम्बन्धमा आयोगका पदाधिकारीहरूसँग छलफल हुने कार्यसूची रहेको छ ।
त्यस्तै बिहान १० बजे नै हुने राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उपत्यकाभित्रका सुकुम्वासी व्यवस्थापन सम्बन्धी विषयमा छलफलको कार्यसूची रहेको छ ।