Dashain Banner
Dashain Banner

सरकारले कर्मचारी ट्रेड युनियन खारेज गरेपछि प्रचण्ड रिसाए, महँगीको गरे विरोध 

आइतबार, वैशाख ६, २०८३

सरकारले कर्मचारी ट्रेड युनियन खारेज गर्ने निर्णय मन्त्रिपरिषदबाट पास गरिसकेको सन्दर्भमा नेपाली कम्युनिष्ट पार्टीले चिन्ता व्यक्त गरेको छ।

‘संगठित हुन पाउने संवैधानिक अधिकार तथा नेपालले अनुमोदन गरेका अन्तर्राष्ट्रिय सन्धि सम्झौताविपरित ट्रेड युनियनहरुमाथि प्रतिबन्ध लगाउने प्रयासप्रति हाम्रो पार्टी चिन्ता व्यक्त गर्दछ। यो विषयलाई हल्का रुपमा नलिन  र पुर्नविचार गर्न आग्रह गर्दछौँ।’

विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने निर्णयको पनि नेकपाले बिरोध जनाएको छ। नयाँ सरकार गठनपछि महँगी बढेको भन्दै नियन्त्रण गर्न  माग गरेको छ। 

‘नयाँ सरकार बढेसँगै महँगी र कालोबजारी बढेकोमा तत्काल नियन्त्रण गर्न हाम्रो पार्टी आग्रह गर्दछ’, गणेशमान पुनद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति: आइतबार, वैशाख ६, २०८३  १६:३८
प्रतिक्रिया दिनुहोस्