Dashain Banner
Dashain Banner

आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा ठेलामठेल

शुक्रबार, वैशाख ४, २०८३

आज आमाको मुख हेरेर मातातीर्थ औँसी पर्व मनाइँदेछ। प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिन जन्मदाता आमालाई सम्मान गरी यो पर्व मनाउने गरिन्छ। 

आज आमालाई मीठा–मीठा खानेकुरा र उपहारहरू दिएर आमाप्रति सम्मान व्यक्त गर्ने परम्परा छ। 

मातातीर्थ औँसीका अवसरमा अहिले काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा ठूलो मेला लागेको छ। 

मातातीर्थमा अहिले तर्पण, श्राद्ध र पूजा गर्नेको भीड छ।

मातातीर्थमा शुक्रबार बिहान ३ बजेदेखि नै स्नान, दान, श्राद्ध, तर्पण र पूजा गर्ने र मेला भर्नेको घुइँचो लागेकोको चन्द्रागिरि नगरपालिकाका प्रवक्ता कृष्णप्रसाद खड्गीले जानकारी दिए। 

प्रकाशित मिति: शुक्रबार, वैशाख ४, २०८३  ०९:०४
प्रतिक्रिया दिनुहोस्