श्रीमान् सँग सम्बन्ध बिग्रिएपछि बीस बर्षीया युवतीले लगाईन् पासो

सोमबार, चैत ३०, २०८२

पर्साको वीरगन्ज महानगरपालिका-१० मा डेरा गरी बस्ने एक टिकटकरले प्राण त्यागेकी छन्। 

प्रहरीका अनुसार रौतहटको दिपही निवासी २० वर्षीया माही गुप्ताले आइतबार कोठाभित्र पासो लगाई आत्महत्या गरेकी हुन्।

मोडलिङ क्षेत्रमा सक्रिय उनी टिकटकमार्फत स्थानीय क्षेत्रमा चिनिएकी थिइन्। 

स्थानीयका अनुसार उनले आफ्नै गाउँका विवेक गुप्तासँग ७ वर्षअघि प्रेमविवाह गरेकी थिइन्।

तर केही समययता उनीहरूको सम्बन्ध बिग्रिएको थियो। 

आत्महत्या गर्नुअघि माहीले आफ्नो टिकटक आईडीमा भोजपुरी भाषाबाट आमालाई सम्बोधन गर्दै पीडा पोखेकी थिइन्। 

उनले भिडिओमा भनेकी छन्, ‘मम्मी यो दुनियाँमा मेरो कोही छैन, कोही मलाई अपनाउन तयार छैन। म मर्छु।’

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: सोमबार, चैत ३०, २०८२  १०:२१
प्रतिक्रिया दिनुहोस्