सोसल मिडिया
युनिकोड
सरकारको निर्णय कार्यान्वयन गर्दै त्रिवि शिक्षण अस्पतालमा पनि आइतबार बिदा दिइने भएको छ।
बुधबार अस्पताल प्रशासनले सूचना प्रकाशित गरी शनिबार र आइतबार बिदा गरिने निर्णय भएको जनाएको छ। सरकारले सातामा दुई दिन शनिबार र आइतबार बिदा निर्णय गरेको थियो।
त्यसै आधारमा त्रिवि कार्यकारी परिषद्ले पनि शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो। शिक्षण अस्पताल प्रशासनले पनि कार्यालय समय बिहान ९ देखि साँझ ५ बजेसम्म गरिएको तथा शनिबार र आइतबार बिदा गरिने भएको जनाएको छ।
यस्तै, बिरामीलाई पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै ओपीडी र शल्यक्रियाहरू शुक्रबार पूरा दिन र अन्य दिनमा व्यवस्थापन गरिने अस्पतालले जनाएको छ।