Dashain Banner
Dashain Banner

बिचौलिया भट्टका कारण भृकुटी स्टक ब्रोकिङ कम्पनी निलम्बित

मंगलबार, चैत २४, २०८२

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ब्रोकर नम्बर ५५ अन्तर्गतको भृकुटी स्टक ब्रोकिङ कम्पनीलाई निलम्बन गरेको छ । सोमबार बसेको बोर्ड बैठकले अर्को निर्णय नभएसम्म कम्पनीलाई निलम्बन गर्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको बोर्डका एक सदस्यले जानकारी दिए ।

हिमालयन रिइन्स्योरेन्स कम्पनीको शेयर बिक्रीबापतको रकम नदिई सोही रकमबाट विवादास्पद व्यवसायी दीपक भट्टलाई सेयर खरिद गराएको, नियामक निर्देशन उल्लंघन गरेको तथा कानुनविपरीत कारोबार गरेको आरोपमा बोर्डले यस्तो कदम चालेको हो । सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धानमा तेस्रो पक्षका खाताबाट भुक्तानी गरी उधारोमा शेयर कारोबार गराइएको पाइएको छ । यसले विद्यमान नियमअनुसार आवश्यक मार्जिन नलिइएको र वित्तीय जोखिम बढाएको निष्कर्ष निकालिएको छ ।

निलम्बनसँगै कम्पनीले अर्को आदेश नभएसम्म शेयर कारोबार गर्न नपाउने भएको छ भने देशभरका ग्राहकहरू प्रत्यक्ष प्रभावित भएका छन् ।
 

प्रकाशित मिति: मंगलबार, चैत २४, २०८२  ११:४१
प्रतिक्रिया दिनुहोस्