लेख्ने शंकर रुजु गर्ने ओली, बादलको भागमा गालीको झोली

शुक्रबार, चैत २०, २०८२

एमाले उपाध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा बादलले प्रतिनिधि सभाको हिजोको पहिलो बैठकमा गरेको सम्बोधनलाई लिएर एमाले नेताहरूले आपत्ति प्रकट गरेका छन्।

बादलको सम्बोधनलाई केन्द्रमा राखेर छलफलका लागि एमालेले आज दिउँसो १ बजे सचिवालयको आकस्मिक बैठक बोलाएको छ ।

गत निर्वाचनमा रास्वपाले प्राप्त गरेको विजयमा विभिन्न दृष्य, अदृष्य पक्ष जोडिएको भनेपछि पार्टीका नेताहरुले सामाजिक सञ्जालबाट तत्काल विरोध जनाएका छन् । उनीहरुले उक्त धारणा एमालेको नभएर बादलको भएको अर्थ लगाएपछि आकस्मिक बैठक बोलाइएको हो ।

बादलले संसदमा गरेको लिखित सम्बोधनको ड्राफ्ट एमाले महासचिव शंकर पोखरेलले गरेका हुन् । पोखरेलको लिखतमा हिरासत बसाई अन्तर्रगत अस्पतालमा रहेका पार्टी अध्यक्ष ओलीले थपथाप गरेका थिए। ओली र पोखरेलले लेखिदिएको चीज वाचन गरेका बादल एमाले नेताको खेदाईमा परेका हुन् ।

प्रकाशित मिति: शुक्रबार, चैत २०, २०८२  ०९:५९
प्रतिक्रिया दिनुहोस्