नेकपाको प्रमुख सचेतकमा युवराज दुलाल नियुक्त

बिहीबार, चैत १९, २०८२

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रमुख सचेतकमा युवराज दुलाललाई नियुक्त गरेको छ । नेकपाका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले संसदीय सचिवालयलाई पत्र लेखेर प्रमुख सचेतकमा दुलाललाई नियुक्त गरिएको जानकारी गराएका हुन् ।

१८ चैतमा पत्र लेखेर दलका नेता प्रचण्डले दुलाललाई नियुक्त गरेको पत्र पठाएका हुन् । केही दिनअघि मात्रै नेकपाले दलको नेतामा प्रचण्डलाई चयन गरेको थियो । दलको उपनेता र सचेतक भने चयन गर्न बाँकी रहेको छ ।nekapa-1775121948.jpg

प्रकाशित मिति: बिहीबार, चैत १९, २०८२  १५:१२
प्रतिक्रिया दिनुहोस्