Dashain Banner
Dashain Banner

पूर्वयुवराज पारश शाहको मुटुमा राखिएको ब्याट्री फेरियो 

बिहीबार, चैत १९, २०८२

पूर्वयुवराज पारश शाहको मुटुमा राखिएको ‘इन्प्लान्टेबल कार्डियोभर्टर डिफिब्रिलेटर (आईसीडी)’ को ब्याट्री फेरिएको छ। 

बिहीबार थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा शाहको आईसीडीको ब्याट्री फेरिएको उपचारमा संलग्न डा. यादव भट्टले जानकारी दिए। बिहीबार डा. भट्टका अनुसार, बिहान साढे ९ बजे आईसीडीको ब्याट्री फेरिएको हो। 

चिकित्सकका अनुसार, मुटुको मांसपेशी कमजोर भएका र हृदयघात भएका बिरामीको मुटुमा आईसीडी राख्ने गरिन्छ। यसले मुटुको चाललाई सहज बनाउन सघाउँछ। 

पूर्वयुवराज शाह बिहीबार बिहान ८ बजे अस्पताल भर्ना भएका थिए। आईसीडीको ब्याट्रीको फेरिएपछि उनको नर्भिक अस्पतालमा उपचार जारी रहेको छ। उनलाई केही दिन अस्पतालमै राखेर उपचार गरिने डा. भट्टले जानकारी दिए।  
 

प्रकाशित मिति: बिहीबार, चैत १९, २०८२  १३:३६
प्रतिक्रिया दिनुहोस्