यातायात कार्यालय सानोभर्‍याङबाट सात बिचौलिया समातिए

मंगलबार, चैत १७, २०८२

प्रहरीले यातायात कार्यालय सानोभर्‍याङबाट सातजनालाई पक्राउ गरेको छ ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएका डीएसपी मोनमणि अधिकारीको टोलीले उनीहरूलाई मंगलबार बिहान पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा रौटहटका ३६ वर्षीय बलबहादुर सुनारसहित सातजना रहेका छन् ।

उनीहरूले विभिन्न व्यक्तिहरूको सवारीसाधनका बिलबुकहरू सजिलै नवीकरण गरिदिने भन्दै हैरानी दिने गरेको आरोप छ । प्रहरीले उनीहरूको साथबाट एकलाख २२ हजार रुपैयाँ तथा विभिन्न व्यक्तिका ५३ थान बिलबुकसमेत बरामद गरेको छ ।

पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, चैत १७, २०८२  १४:२५
प्रतिक्रिया दिनुहोस्