Dashain Banner
Dashain Banner

सांसदलाई जेठ १० गतेभित्र सम्पत्ति विवरण बुझाउन संसद सचिवालयको उर्दी 

आइतबार, चैत १५, २०८२

संघीय संसद् सचिवालयले प्रतिनिधिसभाका सांसदलाई जेठ १० गतेभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन जारी गरेको छ । सचिवालयले सांसद सुविधा व्यवस्थापन शाखा (भवन नं. १ को कोठा नं. २०७) मा कार्यालय समयभित्र सम्पत्ति विवरण दर्ता गराउन भन्दै सूचना प्रकाशन गरेको हो ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (१) र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ क को उपदफा (१) बमोजिम सार्वजनिक पद धारण गरेको व्यक्तिले जिम्मेवारी सम्हालेको मितिले ६० दिनभित्र आफ्नो वा परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरण तोकिएको निकाय/अधिकारीसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ । सोहीबमोजिम सिलबन्दी खाममा विवरण बुझाउन सूचना जारी गरिएको हो ।

गएको फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन भएको थियो । निर्वाचित सांसदले यही चैत १२ गते पद तथा गोपनीयताको शपथ लिएका थिए ।  

प्रकाशित मिति: आइतबार, चैत १५, २०८२  १६:१५
प्रतिक्रिया दिनुहोस्