Dashain Banner
Dashain Banner

दीपक खड्कालाई प्रहरीले पक्राउ पूर्जी बिनै नियन्त्रणमा लिएपछि सचिवालय रिसायो 

आइतबार, चैत १५, २०८२

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्कालाई प्रहरीले पक्राउ पूर्जी बिनै नियन्त्रणमा लिएको खड्काको सचिवालयले जनाएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रहरी हौं, केही सोधपुछ गर्नु छ भन्दै पक्राउ पूर्जी नदिएरै नियन्त्रणमा लिएको भन्दै सचिवालयले आपत्ति प्रकट गरेको छ।

खड्कालाई आज बिहान ८ बजे प्रहरीले नियन्त्रणमा लिएको थियो।  त्यसको केही घण्टापछि गृहमन्त्री सुधन गुरुङले आफ्नो फेसबुकमा खड्कालाई थमाएको भनिएको प्रक्राउ पूर्जी सार्वजनिक गरेका थिए। पक्रेर लगेपछि मात्र पक्राउ पूर्जी दिएर राज्य आतंक मच्चाएकोमा खड्काको सचिवालयले विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हो। 656453574_953337767640043_629871841196623793_n-(1)-1774771819.jpg

प्रकाशित मिति: आइतबार, चैत १५, २०८२  १३:५५
प्रतिक्रिया दिनुहोस्