सोसल मिडिया
युनिकोड
पार्टी अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखक पक्राउको विरोधमा नेकपा (एमाले)ले आज पुन: माइतीघर मण्डलामा प्रदर्शन गर्ने भएको छ ।
पार्टी सचिव महेश बस्नेतका अनुसार आज दिउँसो ३ बजे काठमाडौंको माइतीघरमा प्रदर्शन गर्ने जानकारी दिए । बस्नेतले पार्टीका सबै नेता र कार्यकर्तालाई प्रदर्शनमा सहभागी हुन आह्वान गरेका छन् ।
जेन–जी घटनासम्बन्धी जाँचबुझ आयोगको सिफारिसमा प्रहरीले ओलीलाई शनिबार बिहान पक्राउ गरेको थियो । यद्यपि, एमाले त्यसको विरोधमा प्रदर्शन गर्दै आएको छ । आज एमाले देशभरिका सीडीओ कार्यालयमा विरोधपत्र बुझाएको छ ।