Dashain Banner
Dashain Banner

घुस खानै मात्र बिजी हुने पूर्व डिजी झलकरामलाई मागियो २५ लाख धरौटी

मंगलबार, चैत १०, २०८२

विशेष अदालतले राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशक झलकराम अधिकारीलाई भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण मुद्दामा २५ लाख धरौटी माग गरेको छ।

मंगलबार विशेष अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू हेमन्त रावल र उमेश कोइरालाको इजलासले अधिकारीसँग २५ लाख नगद वा सो बराबरको बैंक जमानत लिएर मुद्दाको पुर्पक्ष गर्न दिन आदेश दिएको हो।

अधिकारीमाथि राजस्व अनुसन्धान विभागको महानिर्देशक रहँदा पदीय दुरुपयोग गरी राजस्व चुहावटको अनुसन्धानलाई प्रभावित बनाएको र त्यसबापत अवैध रूपमा आर्थिक लाभ लिएको आरोप छ। अधिकारीले ७० लाख घुस लिएको अख्तियारको दाबी छ।

प्राप्त गरेको घुस रकममध्ये ५० लाख रुपैयाँ रवीन्द्र लामिछानेको नाममा भक्तपुरको मध्यपुर थिमिमा जग्गा खरिद गर्न र २० लाख रुपैयाँ देवेन्द्र केसी सञ्चालक रहेको द कुटी रिसोर्टुको कर्जा भुक्तानीमा प्रयोग गरेको दाबी अभियोगपत्रमा गरिएको छ।

आयोगले स्रोत लुकाउन विभिन्न व्यक्तिको नाममा जग्गा खरिद र व्यवसायमा लगानी गरेको भन्दै उनीमाथि सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ अनुसार पनि सजाय माग गरिएको छ।

प्रकाशित मिति: मंगलबार, चैत १०, २०८२  १९:०३
प्रतिक्रिया दिनुहोस्