सोसल मिडिया
युनिकोड
नव निर्वाचित अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको अध्यक्षतामा नाडाको २९ सदस्यी केन्द्रीय कार्य समिति गठन भएको छ । २५ पुसमा सम्पन्न साधारणसभाबाट निर्वाचित समितिले आइतबार बैठक बसी केन्द्रीय कार्य समितिलाई पूर्णता दिएको हो ।
नाडाको विधान २०७१ (संशोधन सहित) दफा २०.७ बमोजिम निर्वाचनबाट नाडाको केन्द्रीय कार्य समितिको सदस्य पदमा निर्वाचित सदस्यहरु मध्येबाट पदाधिकारीहरुको निर्वाचन कार्य सम्पन्नगरी नाडाको २९ सदस्यीय केन्दीय कार्य समितिको गठनलाई पूर्णता दिएको नाडाले जनाएको छ ।
नाडाको अध्यक्षमा सुरेन्द्रकुमार उपे्रती रहेका छन् भने निवर्तमान अध्यक्ष करणकुमार चौधरी, संस्थागत उपाध्यक्ष भद्र भण्डारी, संस्थागत उपाध्यक्ष गणेशप्रसाद भट्टराई, उपाध्यक्ष विक्रम सिंहानिया, उपाध्यक्ष अभिक ज्योति, महासचिव मिलनबाबु मल्ल, सचिव मेघराज पौड्याल, कोषाध्यक्ष पंंकज अग्रवाल र सहकोषाध्यक्षमा निलमणी पाठक पदाधिकारीमा रहेका छन् ।
यसैगरी संस्थागत सदस्यहरुमा प्रदेश सदस्यतर्फ डिल्लीराम आचार्य, केदारकुमार अग्रवाल, दामोदर अटल, दिपेन्द्र कोइराला, र पुष्कर ओझा चयन भएका छन् ।
यसैगरी साधारण सदस्यहरुमा अनुपकुमार बराल, तोयानाथ खनाल, दिपकराज गिरी, दिपेन्द्रकुमार मिश्र, दिवाकर मिश्र, नवराज भुसाल, नविनकुमार पारख, नारायणप्रसाद पौडेल, प्रकाश कपुरी, विकाश जोशी र विमल साह चयन भएका छन् ।
अध्यक्षबाट मनोनित सदस्यहरुमा दिपककुमार अग्रवाल, महेश पाल, र राजेशप्रसाद गिरी चयन भएका छन् ।