बालेरोको ठक्करबाट सुकेधारामा एक जना पैदलयात्री ठहरै

बिहीबार, चैत ५, २०८२

काठमाडौँमा बालेरोको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको   छ। 

काठमाडौँ महानगरपालिका-४ सुकेधारामा बा.१५ च ८५५० नम्बरको बोलेरोले ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। 

मत्यु हुनेमा कपनको बालुवाखानी बस्दै आएका सर्लाही रामनगर गाउँपालिका-४ घर भएका ३६ वर्षीय विरेन्द्र साह छन्। 

साहलाई बालेरोले मंगलबार ठक्कर दिएको थियो। 

 

प्रकाशित मिति: बिहीबार, चैत ५, २०८२  १०:५३
प्रतिक्रिया दिनुहोस्