Dashain Banner
Dashain Banner

जापानमा देउसी भैलो, काठमाण्डौमा स्वास्थ्य शिविर

बिहीबार, चैत ५, २०८२

जापानमा रहेको फुकुओका समाज, नेपालले गत तिहारमा जापानमा खेलिएको देउसीभैलो कार्यक्रमबाट संकलन भएको रकमबाट काठमाडौंमा निः शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

राजधानीको बिजुलीबजारमा रहेको विवेक स्वच्छ सेवा केन्द्रमा आश्रय लिएर बसेका ४० जना बालबालिकाको समाजले निः शुल्क दाँतदेखि समग्र स्वास्थ्य परीक्षण गरेको शिविरका समन्वयकर्ता उमेश बोहराले बताए ।

केन्द्रमा अभिभावकविहीन बालबालिकालाई राखेर उनीहरुको पठनपाठन पनि गराइँदै आएको छ । समाजले केन्द्रका ती बालबालिकालाई स्टेसनरी सामान वितरण पनि गरेको छ ।

प्रकाशित मिति: बिहीबार, चैत ५, २०८२  १०:४०
प्रतिक्रिया दिनुहोस्