खोटाङमा भएको हेलिकोप्टर दुर्घटनामा घाइते भएकालाई काठमाण्डौं ल्याईयो

बुधबार, चैत ४, २०८२

खोटाङमा भएको हेलिकप्टर दुर्घटनामा घाइते भएका यात्रुलाई अर्को हेलिकप्टरबाट काठमाडौँ ल्याइएको छ। 

बुधबार दिउँसो केपिलासगढी गाउँपालिका-२, बालाबेसीमा एयर डाइनेस्टीको ‘९-एनएफक्यू’ हेलिकप्टर दुर्घटना भएको थियो। दुर्घटनामा काजीबहादुर राई घाइते भएका थिए। 

घाइते राईलाई उपचारका लागि काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय, खोटाङका प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश बुढाथोकीले जानकारी दिए। उनलाई एयर डाइनेस्टीकै अर्को हेलिकप्टरले उपचारका लागि काठमाडौँ ल्याइएको हो। 

हेलिकप्टरमा चालकसहित ६ जना सवार रहेका थिए। अन्य पाँच जना सकुसल रहेका छन्। 

प्रकाशित मिति: बुधबार, चैत ४, २०८२  १३:२३
प्रतिक्रिया दिनुहोस्