सोसल मिडिया
युनिकोड
प्रहरीले एक करोड १६ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसरको टोलीले काठमाडौंको नागार्जुन नगरपालिका–८ का २८ वर्षीय सागर गिरी र सोहीका २८ वर्षीय प्रमोदप्रसाद धिताललाई सोमबार पक्राउ गरेको हो ।
परिसरका एसपी पवन भट्टराईका अनुसार, हुन्डी कारोबार भएको सूचनाको आधारमा भीमढुंगाबाट उनीहरू पक्राउ परेका हुन् ।
उनीहरूको साथबाट नगद एक करोड १६ लाख रुपैयाँ, विभिन्न व्यक्तिका नाममा काटिएको २७ लाखबराबरको चेक बुक, विभिन्न बैंकका एटीएम, मोबाइल लगायतका सामग्री बरामद भएको छ ।