मनकामना दर्शन गरेर फर्किएको माइक्रो पल्टदा सातको मृत्यू, सात घाइते

शनिबार, फागुन ३०, २०८२

गोरखाको सहिद लखन गाउँपालिका-३ कान्टारमा शनिबार साँझ भएको माइक्रो दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ। ७ जना घाइते भएका छन्। 

प्रहरी निरीक्षक राजन लम्सालका अनुसार बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रोमा १४ जना सवार थिए। उनले ७ जनाको मृत्यु भएको र मृतकको सनाखत नभएको बताए।  

मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा माइक्रो कान्टार नजिकै भीरबाट २ सय मिटर तल खसेको थियो। 

प्रकाशित मिति: शनिबार, फागुन ३०, २०८२  २१:४५
प्रतिक्रिया दिनुहोस्