Dashain Banner
Dashain Banner

निर्वाचनमा ४.७ प्रतिशत मत बदर भएको निर्वाचन आयोगले सुनायो हिसाब

शनिबार, फागुन ३०, २०८२

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार पहिलो हुने निर्वाचित हुने र समानुपातिक दुवै निर्वाचन प्रणलीमा उक्त परिमाणमा मद बदर भएको हो । 

उनका अनुसार विसं ०७९ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बदर मत प्रतिशत ५.०६ प्रतिशत थियो । ०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा बदर मतको प्रतिशत ५.१८ प्रतिशत थियो । 

विसं ०७० मंसिर ४ गते सम्पन्न दोस्रो संविधानसभा सदस्य निर्वाचनमा ४.९६ प्रतिशत मत बदर भएको थियो । ०६४ साल चैत २८ गते सम्पन्न संविधानसभाको पहिलो निर्वाचनमा भने ५.१५ प्रतिशत मत बदर भएको थियो । 

आयोगका अनुसार विगतका पाँचवटा निर्वाचनको तुलनामा यसपटक औसतमा कम मत बदर भएको छ ।

प्रकाशित मिति: शनिबार, फागुन ३०, २०८२  १७:२०
प्रतिक्रिया दिनुहोस्