सोसल मिडिया
युनिकोड
देशका केही स्थानमा यति बेला (बिहीबार अपराह्न ४ बजे) वर्षा भइरहेको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
“मेघगर्जन/चट्याङसहित पानी पार्ने बादल थप विकास हुने क्रममा रहेकोले मेघगर्जन/चट्याङसहित अझै पानी पर्ने सम्भावना छ,” महाशाखाले भनेको छ ।
यस दिन कोसीसहित वाग्मती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको पूर्वानुमान छ ।
“लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभाग तथा मधेस प्रदेशका थोरै स्थानहरूमा, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेकोले विभागको सूचनामा अध्यावधिक रहनुहुन अनुरोध छ,” महाशाखाले भनेको छ ।