सोसल मिडिया
युनिकोड
राष्ट्रिय स्वतन्त्र पार्टीका ताप्लेजुङ जिल्ला सभापति समेत रहेका प्रतिनिधिसभा उम्मेदवार वीरेन्द्र श्रेष्ठको जमानत जफत भएको छ ।
रास्वपा वरिष्ठ नेता बालेन्द्र साह समेत पुगेर उनलाई भोट मागेपनि जित्नु त परै जाओस् जमानत समेत जोगाउन सकेनन् । बालनलाई पाथीभरा दर्शन गराएर फर्कदा गीत सुनाएका श्रेष्ठलाई जनताले भने सुन्दिएनन् ।
देशैभर रास्वपाको लहर चलेका वेला ताप्लेजुङ्ग सहित खोटाङ र जुम्लामा समेत रास्वपा उम्मेद्वारले जमानत जोगाउन नसकेका हुन् ।
रास्वपा ताप्लेजुङ सभापतिको जमानत भएपछि निर्वाचन परिचालन समितिका संयोजक एवं पार्टी जिल्ला उपसभापति दावा शेर्पाले पदबाट राजीनामा दिएका छन् ।
पार्टीको समीक्षा बैठकपछि उनले आफू पार्टीको साधारण सदस्य मात्रै भएर बस्ने गरी राजीनामा गरेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
रास्वपाका उम्मेदवार वीरेन्द्र श्रेष्ठले ४ हजार १ सय ५५ मत प्राप्त गरेका थिए । समानुपातिकमा भने ताप्लेजुङमा रास्वपालाई ६ हजार ४ सय ९५ मत प्राप्त भएको छ ।
ताप्लेजुङबाट एमालेका क्षितिज थेवे निर्वाचित भएका छन् ।