विश्वका सबैभन्दा प्रदूषित शहरको सूचीमा नेपाल पहिलो

सोमबार, फागुन २५, २०८२

यतिबेला काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेको छ।

हावाको गुणस्तर मापन गर्ने वेबसाइट आक्यू एयरका अनुसार सोमबार अपराह्न ४ बजे नेपाल विश्वका सबैभन्दा प्रदूषित शहरको सूचीमा पहिलो नम्बरमा छन्।

आइक्यू एयरका अनुसार काठमाडौँको एक्युआई १८५ छ। यस्तै, भारतको कोलकात्ता १७३ एक्युआईसहित दोस्रो, बंगलादेशको ढाका १६७ एक्युआईसहित तेस्रो, भारतको दिल्ली १६० एक्युआईसहित चौथो र इटालीको मिलान १५९ एक्युआईसहित विश्वका प्रदूषित शहरको पाँचौँ नम्बरमा छन्।

पछिल्लो केही दिनयता काठमाडौँ उपत्यकाको आकाश धुम्म छ, घाम लागेको छैन। अहिलेको अवस्थामा ‘मर्निङ वाक’लगायतका बाहिरी शारीरिक व्यायाम गर्न नहुने र अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन विज्ञहरूको सुझाव छ।

प्रकाशित मिति: सोमबार, फागुन २५, २०८२  १७:५४
प्रतिक्रिया दिनुहोस्