Dashain Banner
Dashain Banner

निर्वाचनको सम्पूर्ण कार्यहरू चैतको पहिलो साताभित्र तमाम हुने 

सोमबार, फागुन २५, २०८२

निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण कार्यहरू चैतको पहिलो साताभित्र सम्पन्न हुने जनाएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले चैतको पहिलो साताभित्र समानुपातिकतर्फ निर्वाचित हुनेहरूलाई प्रमाणपत्र दिने लगाएतका सम्पूर्ण कामहरू सम्पन्न भइसक्ने जानकारी दिएका हुन् ।

उनले मंगलबारसम्म समानुपातिकतर्फको सबैतिर गणना भइसक्ने अनुमान आयोगले गरेको बताए । प्रवक्ता भट्टराईले मतगणना सम्पन्न भइसकेपछि खसेको सदर मतको सम्बन्धित दलले प्राप्त गरेको मतको प्रतिशतका आधारमा समानुपातिक बन्द सूचीबाट छनोट हुने उमेदवारको नामावली सम्बन्धित दलहरूसँग माग गरिने जानकारी दिए । त्यसपछि दलहरूबाट प्राप्त भएका नामलाई क्लस्टरअनुसार रुजु गर्दै निर्वाचित हुने सदस्यहरूको छनोट गर्ने र आयोगमा प्रमाणपत्र दिइने उनले बताए ।

प्रत्यक्षतर्फ निर्वाचित भएकाहरूलाई निर्वाचन अधिकृतको कार्यालयबाट प्रमाणपत्र प्रदान गरिएको आयोगले जनाएको छ । निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुर्वतर्फ रास्वपाको अग्रता रहेको छ ।

प्रकाशित मिति: सोमबार, फागुन २५, २०८२  १५:४९
प्रतिक्रिया दिनुहोस्