Dashain Banner
Dashain Banner

रविको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा 'हेर्न नभ्याइने'मा

सोमबार, फागुन २५, २०८२

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतमा 'हेर्न नभ्याइने'मा राखिएको छ ।

सोमबार न्यायाधीश नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको इजलासमा उक्त रिटमाथि सुनुवाइ हुन नसकेपछि 'हेर्न नभ्याइने'मा राखिएको हो ।

३० पुसमा महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेमाथि लागेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिन स्वीकृति दिएकी थिइन् । तर सर्वोच्च अदालतमा यससम्बन्धी रिट विचाराधीन रहेकाले कास्की जिल्ला अदालत र रुपन्देही जिल्ला अदालतले हालसम्म निर्णय गरेका छैनन् । सर्वोच्च अदालतको आदेशअनुसार मात्रै ती अदालतले यस विषयमा निर्णय गर्नेछन् ।

रिट निवेदक युवराज पौडेलले महान्यायाधिवक्ताको उक्त निर्णय गैरकानुनी भएको दाबी गर्दै त्यसलाई मान्यता नदिन तथा कार्यान्वयन हुन नसक्ने घोषणा गर्न माग गरेका छन् ।
 

प्रकाशित मिति: सोमबार, फागुन २५, २०८२  १५:३०
प्रतिक्रिया दिनुहोस्