ऋषि धमला ६५५ मत ल्याएर छैठौ, रास्वपाका गणेश पौडेल विजयी 

शनिबार, फागुन २३, २०८२

रौतहट–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार गणेश पौडेल विजयी भएका छन् । 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार, प्रतिनिधिसभा सदस्य निर्वाचनमा पौडेलले २१ हजार ११ मतान्तरले कांग्रेसका उमेदवार देवप्रसाद तिमल्सिनालाई पराजित गरेका हुन् । पौडेलले ३६ हजार ८७६ मत प्राप्त गर्दै विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका तिमल्सिनाले १५ हजार ८६५ मत प्राप्त गरे । 

नेकपाका उमेदवार रामकुमार भट्टराईले ९ हजार ७७८ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरे । एमाले उमेदवार रामजी साह सोनारले ३ हजार ४७८ मत पाए । 

जनता समाजवादी पार्टीका उमेदवार राजकुमारले एक हजार ६२ मत ल्याएका छन् । आम जनता पार्टीका उमेदवार ऋषि धमलाले ६५५ मत पाएका छन् । यस्तै, उज्यालो नेपालका उमेदवार तुलसीराज गिरीले ४११ मत प्राप्त गरे । 

प्रकाशित मिति: शनिबार, फागुन २३, २०८२  २२:०१
प्रतिक्रिया दिनुहोस्