सोसल मिडिया
युनिकोड
प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा नेपाललाई अमेरिकाले बधाई दिएको छ । नेपालस्थित अमेरिकी दूतावासले एक सूचना जारी गर्दै निर्वाचन सम्पन्न भएकोमा बधाई दिएको हो ।
अमेरिकाले आगामी सरकारसँग दुवै देशको समृद्धि र सुरक्षासम्बन्धी साझा लक्ष्यहरूमा सहकार्य गर्न उत्सुक रहेको पनि जनाएको छ । सूचनामा भनिएको छ, 'आगामी सरकारसँग हाम्रा दुवै देशको समृद्धि र सुरक्षा सम्बन्धि साझा लक्ष्यहरूमा सहकार्य गर्न हामी उत्सुक छौँ ।'