काठमाण्डौमा कहाँ-कहाँ हुन्छ मतगणना ?

बिहीबार, फागुन २१, २०८२

काठमाडौँका अधिकांश केन्द्रमा मतदान सकिएको छ। अहिले मुचुल्का गर्ने र मतपेछिका संकलनको तयारी भइरहेको छ। 

१० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौँमा केहीबेरमै मत पेटिका संकलन हुने र त्यसपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने आयोगको तयारी छ। 

१० वटै क्षेत्रको मतगणना स्थल यसअघि नै तय भएर तारजाली लगाएर  सीसीक्यामेरा जडान गरिसकिएको छ। 

मतगणना हुने स्थान 
क्षेत्र नं १ सहकारी विभाग
क्षेत्र नं २ कागेश्वर मनोहरा नगरपालिका 
क्षेत्र नं ३ चामुन्डा माध्यामिक विद्यालय नारायणटार 
क्षेत्र नं ४ बूढानीलकण्ठ नगरपालिका २ जेष्ठ नागरिक कार्यालय
क्षेत्र नं ५ श्री समाज भवन टोखा नगरपालिका–५ 
क्षेत्र नं ६ तार्केश्वर नगरपालिका, धर्मस्थली  
क्षेत्र नं ७ जुडो हल नयाँबजार
क्षेत्र नं ८ जनउद्धार मावि हरिसिद्धी, काठमाडौँ 
क्षेत्र नं ९ चन्द्रगिरी नगरपालिका, बलम्बु 
क्षेत्र नं १० त्रिभुवन विश्व विद्यालय स्मृति भवन कीर्तिपुर

प्रकाशित मिति: बिहीबार, फागुन २१, २०८२  १८:३०
प्रतिक्रिया दिनुहोस्