साढे ४ बजेसम्ममा ९० लाख ५० हजार मत खस्यो

बिहीबार, फागुन २१, २०८२

निर्वाचन आयोगका अनुसार ९० लाख ५० हजार मतदान भएको छ। दिउँसो साढे ४ बजेसम्ममा ९० लाख ५० हजार मत खसेको हो। 

अहिले पनि देशभर मतदान भइरहेको छ। देशभर एक करोड ८९ लाख ३ हजार ६८९ मतदाता छन्। तर आयोगले तोकेको समय सकिनु आधा घण्टा अघिसम्म पनि ५० प्रतिशत मत पुगिसकेको छैन। 

साँझ ५ बजेसम्ममा मतदान स्थलमा प्रवेश गरिसक्नेले मतदान गर्न पाउने भएकाले यो सङ्ख्या अझै बढ्नेछ। 

प्रकाशित मिति: बिहीबार, फागुन २१, २०८२  १७:१५
प्रतिक्रिया दिनुहोस्