सोसल मिडिया
युनिकोड
भक्तपुरमा सोमबार भएको कार दुर्घटनामा घाइते भएका ५ मध्ये ३ जनाको मृत्यु भएको छ।
सोमबार दिउँसो नगरकोटबाट सुडालतर्फ आउँदै गरेको बा५च ७८८१ नम्बरको कार चाँगुनारायण नगरपालिका–८ जितपुरस्थित वडा कार्यालयनजिक सडकमा दुर्घटनामा परेको थियो।
दुर्घटनामा गम्भीर घाइतेमध्ये काठमाडौं महानगरपालिका–३२ जडीबुटीका ५५ वर्षीय योगेन्द्र प्रधान, ४८ वर्षीय सुरेन्द्र प्रधान र ५५ वर्षीया कृष्णमाया प्रधानको उपचारको क्रममा मंगलबार मृत्यु भएको भक्तपुर जिल्ला प्रहरी परिसरले जानकारी दिएको छ।
घाइते योगेन्द्र र सुरेन्द्रको उपचारको क्रममा मध्यपुर अस्पतालमा र कृष्णमायाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो।
घाइते दुई जनाको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ।