Dashain Banner
Dashain Banner

इरानको विद्यालयमाथि गरिएको इजरायली आक्रमणमा परी मारिने विद्यार्थीको संख्या २४ पुग्यो 

शनिबार, फागुन १६, २०८२

इरानको होर्मोजगान प्रान्तको विद्यालयमाथि गरिएको इजरायली आक्रमणमा परी मारिने विद्यार्थीको संख्या २४ पुगेको छ ।

दक्षिणी इरानको होर्मोजगान प्रान्तस्थित मिनाब सहरमा रहेको एक बालिका प्राथमिक विद्यालयमा भएको इजरायली आक्रमण परी मर्नेको संख्या २४ पुगेको हो ।

प्रारम्भमा अलजजिराले आक्रमणमा पाँच जनाको मृत्यु भएको समाचार प्रकाशित गरेको थियो । अहिले सो संख्या २४ पुगेको अलजजिराले बताएको छ ।

इरानको राजधानी तेहरान तथा देशका विभिन्न सहरहरूमा धेरै विस्फोटका आवाजहरू सुनिरहेका छन् ।

तेहरानस्थित इरानका सर्वोच्च नेता आयातुल्लाह अल खामनेईको कार्यालय र राष्ट्रपतिको कार्यालयलाई पनि निशाना बनाइएको बताइएको छ । 

प्रकाशित मिति: शनिबार, फागुन १६, २०८२  १७:५८
प्रतिक्रिया दिनुहोस्