Dashain Banner
Dashain Banner

यूएईस्थित नेपाली दूतावासले नेपालीलाई अनावश्यक यात्रा नगर्न गर्यो आग्रह

शनिबार, फागुन १६, २०८२

युनाइटेड अरब इमिरेट्स (यूएई)स्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलई अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ । यूएईस्थित नेपाली दूतावासले शनिबार एक एड्भाइजरी जारी गर्दै त्यहाँ रहेका नेपालीलाई सावधानी अपनाउन भनेको छ ।

“मध्यपूर्वमा विकसित परिस्थितिका सन्दर्भमा संयुक्त अरब इमिरेट्समा रहनुभएका नेपाली नागरिकलाई अनावश्यक यात्रामा ननिस्कन, सावधान अपनाउन, यूएई सरकारले जारी गरेको सुरक्षा मार्गदर्शन एवं सूचनाहरूको पालना गर्न अनुरोध गरिन्छ,” दूतावासले भनेको छ ।

परराष्ट्र मन्त्रालयका वैदेशिक रोजगारीको सिलसिलामा सबैभन्दा ठूलो संख्यामा नेपाली यूएईमा रहेका छन् । यूएईमा हाल सात लाख नेपाली रहेका छन् ।
 
इरानले शनिबार यूएई, कुवेत, साउदी अरेबिया, बहरानइन, जोर्डन र कतारस्थित अमेरिकी सैन्य वेसमा मिसाइल आक्रमण गरेपछि यूएईस्थित नेपाली दूतावासले एड्भाइजरी जारी गर्दै त्यहाँ रहेका नेपालीलाई सावधानी अपनाउन भनेको हो ।

अमेरिका र इजरायलले शनिबार बिहान इरानमाथि अचानक आक्रमण गरेका थिए । त्यसलगत्तै इरानले इजरायल र अमेरिकी सैन्य वेशमाथि प्रत्याक्रमण गरेको हो ।
 
यूएईस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई कुनै समस्या परे दूतावासको टेलिफोन नं. ९७१५०८१८०२८० मा सम्पर्क गर्न भनेको छ ।

प्रकाशित मिति: शनिबार, फागुन १६, २०८२  १७:४५
प्रतिक्रिया दिनुहोस्