Dashain Banner
Dashain Banner

कालो लुगा फ्याँकेर भोटोमा सझिएका बालेनले सुनाए वाइवाइ पुराण

शुक्रबार, फागुन १५, २०८२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले ‘देश नेपाली कांग्रेसको वाइवाइ फ्याक्ट्री जस्तै’ चल्नुपर्ने बताएका छन् । नेपाली कांग्रेसका नेता एवं वाइवाइ चाउचाउ उत्पादक कम्पनीका सञ्चालक विनोद चौधरीलाई कटाक्ष गर्दै उनले संसारभर पुग्ने वाइवाइ जस्तै हुनुपर्ने बताए ।

‘हाम्रो देश हेटौँडा सिमेन्ट कारखाना जस्तै भएको छ । मेसिन छ कारखाना छ, खानी छ,’ उनले भने, ‘यो देश नेपाली कांग्रेसको वाइवाइ फ्याक्ट्री, जस्तै देशभर जानुपर्‍यो । रास्वपा त्यसरी उद्योग कलकारखाना चलाउने पार्टी बन्न चाहन्छ ।’

उनले बिजुलीसमेत भण्डारण गर्नुपर्ने बताए । मल कारखाना, डेटा सेन्टरलगायत बनाएर बिजुली उपयोग गर्न सकिने भन्दै उनले सस्तोमा बेच्न नहुने बताए । यस अघि कालो रंगको पहिरनमा देखा पर्ने बालेन आज भने कालो लुगा फ्याँकेर भोटो सहितको सेतो पहिरनमा देखिएका छन्। 

प्रकाशित मिति: शुक्रबार, फागुन १५, २०८२  १७:०९
प्रतिक्रिया दिनुहोस्