सोसल मिडिया
युनिकोड
‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’सँग आबद्ध तीन जनालाई प्रहरीले मोरङबाट पक्राउ गरेको छ।
मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिनन्द यादवले जिल्ला संयोजकको जिम्मेवारीमा रहेका ४७ वर्षीय डोलेश्वर रेग्मी, ६३ वर्षीय सूर्य चौधरी र ५८ वर्षीय चूडामणि राई रहेका छन्।
जिल्ला संयोजक रेग्मी बुढीगंगा गाँउपालिका–७ का हुन् भने चौधरी र राई पथरीशनिश्चरेका हुन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई प्रभावित पार्न सक्ने आशंकामा दुर्गा प्रसाईं नेतृत्वमा रहेको महाअभियानलाई सुरक्षा निकायले विशेष निगरानीमा राख्दै आएको छ।
मोरङ प्रहरी प्रवक्ता चौधरीका अनुसार निर्वाचनविरोधी गतिविधि सञ्चालन गरेर निर्वाचन बिथोल्ने सम्भावना देखिएकाले उनीहरूलाई पक्राउ गरिएको हो।
उनीहरुविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।