चुनावका लागि चीन सरकारले दियो नगदै ५८ करोड 

मंगलबार, फागुन १२, २०८२

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चीन सरकारले ५८ करोड रुपैयाँ भन्दा बढी नगद सहयोग दिने भएको छ। 

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सो सहायता स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।

चीन सरकारबाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रदान गर्ने प्रस्तावित चार मिलियन अमेरिकी डलर (करिब ५८ करोड १२ लाख रुपैयाँ) नगद अनुदान सहायता स्वीकार गर्ने निर्णय गरिएको मन्त्री अर्यालले बताएका हुन्।
 

प्रकाशित मिति: मंगलबार, फागुन १२, २०८२  १६:१०
प्रतिक्रिया दिनुहोस्